Mahabir Pun


Founder of NIC

नेपालमा विज्ञान तथा प्रविधिको विकास प्रतिभाशाली नेपालीहरूबाट नै गर्ने र गराउने महान् अभियान र अति पुण्य कार्यमा भाग लिनुहोस् र देश विकासको लागि आफू सक्दो मद्दत गर्नुहोस्। हाम्रो सुरुवाती लक्ष्य रु. ५० करोड हो जसबाट १० देखी १५ मेगावाट सम्मको जल विद्युत् उत्पादन गर्ने हो। सो जलविद्युतबाट आएको आम्दानीले "राष्ट्रिय आविष्कार केन्द्र"लाई दिगो रूपमा सञ्चालन गर्ने हो। आर्थिक सहयोग गर्ने चाहने महानुभावहरूले बैङ्कहरूमा नगद जम्मा गरेर भौचरको फोटो nicnepal.mahabir@gmail.com मा पठाउनु होला अथवा 9841592361 मा महाबीर पुनलाई फोन गर्नुहोला ।

Donate Now

एभरेष्ट बैङ्क
नयाँ बानेश्वर शाखा
राष्ट्रिय आविष्कार केन्द्र
00100105201853
Swift Code - EVBLNPKA
हिमालायन बैङ्क
ठमेल शाखा
राष्ट्रिय आविष्कार केन्द्र
01906322060017
Swift Code - HIMANPKA
eSewa
नेपालमा
Click to Donate
यसमा कुनै कमिसन काटिने छैन - सौजन्य eSewa Pvt. Ltd.
gofundme.com
बिदेश बाट
www.gofundme.com/nic-nepal
तपाईंले दान गरेको रकममा Deerwalk Foundation ले रकम थपेर दिनेछ - सौजन्य Deerwalk Foundation

दातृ निकाय, व्यक्ति तथा लगानीकर्ता

नेपाल सरकारसँग हाइड्रोपावर निर्माणका लागि सिड मनीको रूपमा लगानी गर्न राष्ट्रिय आविष्कार
केन्द्रले अनुरोध गरिसकेको हो । तथापि सरकारबाट उक्त अनुरोध पूरा नभएकोले केन्द्रले जुलाई २०१६
देखि सार्वजनिक रूपमा आर्थिक सङ्कलन अभियान सञ्चालन गरेको छ । ५ मिलियन अमेरिकी डलर
जुटाउने लक्ष्यले देशभित्र र बाहिर यो अभियान सञ्चालन गरिएको छ । केन्द्रले यस अभियानमा धेरैबाट
उत्साहजनक सदभाव पाएको छ । फेरि पनि केन्द्र सबै दातृ समुदाय, व्यक्ति एवं लगानीकर्तामा थप
अनुदान, नरम ऋण (Soft Loan) आदिमा सहयोग पुर्‍याउन विशेष अपिल गर्न चाहन्छ ।

लक्ष्य

राष्ट्रिय आविष्कार केन्द्रको लक्ष्य नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको
तल्लो तहदेखि माथिल्लो तहसम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रर्वद्धन गर्न तपसिलका विषयमा केन्द्रित हुनेछ ।

दिगोपन

यसलाई पूर्णरुपमा दिगो बनाउने उद्देश्य राखिएकोले राष्ट्रिय आविष्कार केन्द्र एक फरक संस्थाको रुपमा
स्थापित हुनेछ । यसका लागि केन्द्रले आफ्नो स्थायित्व सुदृढ एवं दिगो बनाउन एउटा हाइड्रोपावर
कम्पनी दर्ता गर्नेछ र त्यसको मुख्य लगानीकर्ता स्वयं हुनेछ । केन्द्रले १० देखि १५ मेगावाटको
हाइड्रोपावर निर्माण गर्नेछ र त्यसबाट उत्पादित विद्युत सरकारलाई बेचेर हुने आम्दानीबाट केन्द्र
सञ्चालन हुनेछ ।

राष्ट्रिय आविष्कार केन्द्रको महान अभियान - नेपाल सरकारको ढोका छोडेर देश प्रेमी नेपालीहरूको ढोकामा



नेपाललाई विकसित देश बनाउनको लागि स्वदेश र विदेशमा बस्ने आम देश भक्त नेपालीहरूका साथै नेपाल सरकारले निम्न कुराहरूलाई ज्यादै उच्च प्राथमिकता दिऔँ। देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र स्रोतलाई विशेष प्रोत्साहन दिई उनीहरूको प्रतिभाको अधिकतम उपयोग गरौँ नेपालमा नै सके सम्मका वैज्ञानिक आविष्कार तथा प्रविधि विकास गर्ने कामलाई उच्च र विशेष प्राथमिकता प्रदान गरौँ र प्रतिभाशाली नेपालीहरूको प्रतिभालाई मल जल गरौँ नेपालको अर्थ तन्त्र बलियो बनाउन निर्यातमुखी उद्योगहरूलाई अधिकतम प्रोत्साहन दिऔँ। त्यसको लागि आवश्यक सहयोग प्रदान र अनुकूल वातावरण सृजना गरौँ यी माथि भनिएका कुराहरूलाई साकार पार्ने उदेश्यले "राष्ट्रिय आविष्कार केन्द्र" को स्थापना गरिएको हो। हामी सबै मिल्यौँ भने र देशमा नै विज्ञान तथा प्रविधिको विकास गर्‍यौँ भने हामीले नै ३० वर्षमा नेपाललाई एउटा विकसित देश बनाउन पक्कै सकिन्छ। अनि रोजीरोटीको लागी जागिर खोज्न हामी नेपालीहरूले विदेश धाउनु पर्ने छैन। साथै अपमानित भएर दुख पाउनु पर्ने र ज्यान गुमाउनु पर्ने पनि छैन। - महाबीर पुन ( यदि तपाईँलाई मसँग प्रत्यक्ष कुरा गर्न मन छ भने ९८४१५९२३६१ मा फोन गर्नुहोला अथवा nicnepal.mahabir@gmail.com मा इमेल गर्नुहोला । )

सहयोगको लागि हार्दिक अनुरोध (Sincere request for your support)!

विद्यार्थी भाइ बहिनीहरू तथा अविभावक ज्यूहरू, कृषक तथा विभिन्न क्षेत्रका साना ठुला व्यापार उद्योग गरी रहनु भएका व्यवसायीज्यूहरू, उद्योगपतिज्यूहरू, शिक्षक/शिक्षिका तथा प्राध्यापक्ज्यूहरू, विभिन्न सङ्घ संस्था र नागरिक मञ्चमा संलग्न महानुभावहरू सहित नेपालमा अथवा विदेशमा बसोबास गरिरहनु भएका सम्पूर्ण सच्चा र देश प्रेमी नेपालीहरू - विज्ञान तथा प्रविधिको माध्यमबाट हाम्रो देशलाई विकसित बनाउने अति पुण्य कार्य र महान् अभियानमा भाग लिन छेउको बटनमा क्लिक गरेर विवरण भर्नु होस् र आफू सक्दो आर्थिक तथा अन्य सहयोग गर्नको लागी नाम, ठेगाना र सम्पर्क गर्ने माध्यम लेख्नुहोस। अहिलेलाई फारम मात्र भर्नु होस् र हामी तपाईँहरूलाई सम्पर्क गर्ने छौँ। नेपालमा हाइस्कुल र कलेज पढ्ने भाइ बहिनीहरूले रु. ५० देखि रु. १०० सम्म, विदेशमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूले US$ ५० सम्म, कर्मचारीहरूले रु. १००० सम्म, मद्यम व्यापारी र व्यवसायीहरूले रु. ५,००० सम्म, बैङ्क, सहकारी, ठुला व्यवसायीहरूले रु. १ लाख सम्म, विदेशमा बस्ने नेपालीहरूले US$ १०० बराबर सम्म वा यसमा तोकिएको भन्दा बढी रकम दान गर्न अनुरोध छ। यो दान हामीले एक पटकको लागि मात्र अनुरोध गरी रहेका छौँ। तपाईहरूले गरेको दानको सम्पूर्ण विवरण एकदमै पारदर्शी हुने छ र तपाईँहरूले केन्द्रको तर्फबाट रसिद भरपाइ पाउनु हुने छ। सहयोग पठाउन बैङ्कको विवरण माथि दिइए अनुसार छ। (This is a unique and great campaign to help Nepal become a developed country through the development of science in technology in Nepal. Please click on the button on the right to participate and we will contact you.)